मंगलवार, श्रावण १९,२०८३ 02:11:36
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:11:36
Bizshala
Global IME Bank Limited

केन्टुकीबाट टेक्ससमा हेडक्वाटर सार्दै केएफसी

केन्टुकीबाट टेक्ससमा हेडक्वाटर सार्दै केएफसी
New Office

काठमाण्डौ । अमेरिकी फास्ट फुड चेन रेष्टुरेन्ट ‘केएफसी’ले आफ्नो हेर्डक्वाटर परिवर्तन गर्ने भएको छ । कम्पनीले अमेरिकाको केन्टुकीमा रहेको हेर्डक्वाटर टेक्ससमा सार्न लागेको हो ।  

एम ब्राण्डले लुइसभिल्लाबाट प्लानोमा केन्द्रीय कार्यालय सिफ्ट गर्ने जनाएको छ । यद्यपी कम्पनीले केएफसी फाउण्डेशन लगायत केही अन्य सञ्चालनहरु भने केन्टुकीबाटै गर्नेछ । केएफसीको हेडक्वाटर सार्ने निर्णयबाट केन्टुकीका गर्भनर एन्डी बेसहियरले दुखी भएको बताएका छन् । ‘मयो निर्णयबाट एकदमै निराश छु र मलाई लाग्छ कम्पनीका संस्थाप पनि यसप्रति दुखी छन् ’एन्डीले भने ।  

केही वर्षदेखि थुप्रै अमेरिकी कम्पनीहरु टेक्सस राज्यप्रति आकर्षित भएका छन् । कम्पनीहरु टेक्सस राज्यको न्यून कर र व्यवसायमैत्री नीतिहरुप्रति आकर्षिक भईरहेका छन् ।  

एम ब्राण्डको यो निर्णय आफ्नो मुख्य ब्राण्डहरुका लागि दुईवटा हेडक्वाटर बनाउने योजनाको हिस्सा हो । केएफसी र पिज्जा हटको हेडक्वाटर प्लानोमा र टाको बेल र ह्याबिट बर्गर एण्ड ग्रिलको भने क्यालिफोर्नियाको इर्भाइनमा रहनेछ ।  

एम ब्राण्डका कार्यकारी अधिकृत डेबिट गिभ्स भन्छन्,‘यो परिवर्ति हेडक्वाटरको स्थानले दीगो वृद्धि र ग्राहकहरु,कर्मचारी, फैन्चाइजी र सेयरहोल्डर्सहरुलाई सेवा दिन सहज हुनेछ ।’

केएफसीले सन् १९३० बाट केन्टुकी राज्यमा व्यवसायको सुरुवात गरेको थियो । अहिले भने १४५ वटा भन्दा बढी देशमा २४ हजार भन्दा बढी रेष्टुरेन्टहरु खुलेका छन् ।  

कोरोना महामारीपश्चात धेरैजसो अमेरिकी कम्पनीहरुले आफ्ना हेडक्वाटरहरु परिवर्तन गरेका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.