काठमाण्डौ । क्यान्डाको टोरन्टोमा दुर्घटना भएको डेल्टा एयरका प्रत्येक यात्रुले ३० हजार डलर पाउने भएका छन् । डेल्टा एयरको ८० जना सवार विमान गत मंगलबार टोरन्टो विमानस्थलमा पल्टिएको थियो । जसमा ७६ जना यात्रु सिटबल्ेटमा झुण्डिएका थिए ।
यदि यात्रुहरुले कम्पनीको प्रस्ताव स्विकार गरे कम्पनीले कुल २.३ मिलियन डलर खर्च गुृर्न पर्नेछ । उक्त दुर्घटनामा विमानमा सवार ४ जना क्रु सदस्यसहित ८० जनानै सकुशल रहेका थिए । घाइते भएका २१ जना यात्रुलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरु उपचारपश्चात घर फर्किसकेका छन् ।
कम्पनीले कहिले र कसरी क्षतिपूर्ति दिने भन्नेमा भने केही पनि खुलाइएको छैन । कम्पनीको प्रस्ताव स्विकार गर्ने यात्रुले सम्झौता भएको केही समयमै पैसा लिनुपर्ने जनाइएको छ ।