काठमाण्डौ । जर्मनीमा भएको आम निर्वाचनमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ । यो दलले सबैभन्दा बढी २८.६ प्रतिशत मत प्राप्त गरेको छ ।
जितपश्चात सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेर्ट्जले आज उत्सव मनाइरहेको तर भोलि काम गर्ने बताएका छन् । जर्मनीमा निर्वाचनपछि मतगणना सकिएको छ । चुनावी नतिजामा अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो भएको छ ।
युरोपेली नेताहरूले पनि यी परिणामहरूमा प्रतिक्रिया दिन थालेका छन्। बेलायती प्रधानमन्त्री कियर स्टाररले भने, ‘म नयाँ जर्मन सरकारसँग नजिकबाट काम गर्न र हाम्रा दुई देशहरू बीचको पहिले नै बलियो सम्बन्ध निर्माण गर्न तत्पर छु।’
उनले बेलायत र जर्मनी दुवै देशको सुरक्षा र विकासका लागि मिलेर काम गर्ने बताएका छन् ।
यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मेर्ट्जलाई बधाई दिँदै शक्तिशाली युरोपका लागि मिलेर काम गर्ने बताएका छन् ।