बिहीबार, चैत्र २१,२०८१ 04:40:11
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:40:11
IME remit
Global IME Bank Limited

भारतीय केन्द्रीय बैंकले एक महिनामै किन्यो ३ टन सुन, गोल्ड रिजर्भ ८७९ टन पुग्यो

Hyundai Nepal
भारतीय केन्द्रीय बैंकले एक महिनामै किन्यो ३ टन सुन, गोल्ड रिजर्भ ८७९ टन पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । भारतीय केन्द्रीय बैंक,‘रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)’ले गत जनवरी महिनामा करिब ३ टन सुन खरिद गरेको छ । अस्थिर माहौल र भारतीय रुपैयाँ कमजोर बनेकै बेला आरबीआईले जनवरी महिनामा २.८ टन सुन खरिद गरेको हो ।  

गत वर्ष भने आरबीआईले ७२.६ टन सुन खरिद गरेको थियो । यससँगै आरबीआईको कुल विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढेर ११.३ प्रतिशत पुगेको छ । जुन एक वर्षअघि ७.७ प्रतिशत रहेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

आरबीआईको ताजा आँकडाअनुसार यो वर्षको जनवरीको अन्तिमसम्म भारतको सुन भण्डारण बढेर ८७९ टन पुगेको छ । गत वर्षको तुलनामा यो ८ प्रतिशत बढी हो । फेब्रुअरी २, २०२४ मा भारतको सुनत भण्डारण ८१२.३३ टन थियो । सन् २०२४ मा आरबीआईले लगातार ७ वर्ष सुनको भण्डारण बढाएको छ ।  

यस्तै अर्को सबैभन्दा धेरै सुन खपत गर्ने देशमध्येको एक चीनले पनि जनवरीमा लगातार तीन महिना सुनको खरिद बढाएको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आरबीआईले सुनको खरिद बढाउनुको मुख्य कारण के हो ?

–सुनले महंगीबाट भएको नोक्सानीलाई भरपाई गर्न सहयोग गर्छ । विश्वभरका बैंकहरुले पनि महंगीको सामन गर्नुपर्ने हुन्छ । यसबाट मुद्राको मूल्य घट्ने गर्छ ।  

–आर्थिक संकटको बेला सुनको मूल्य बढ्ने गर्छ । यस्तोमा चुनौतिपूर्ण समयका बेला सुनमा गरेको लगानीले राम्रो प्रतिफल दिने गर्छ । हाल कयौं देशबीच चलिरहेको युद्धका कारण सुनबाट हुने प्रतिफल बढेको छ ।  

–सुनको लगानी जोखिमरहित हुने गर्छ । जुन केन्द्रीय बैंकका लागि उपयुक्त हुन्छ । डलरको मूल्य घट्दा सुनको बढ्दो मूल्यले समेत बैंकहरुलाई आकर्षित गर्ने गर्छ ।  

यो वर्षको जनवरी १ देखि हालसम्म भारतमा २४ क्यारेट १० ग्राम सुनको मूल्य १० हजार १९४ भारुले बढ्दै ८६ हजार ३५६ डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.