काठमाण्डौ । अमेरिकी औषधि निर्माता कम्पनी इली लिलीको बजार पूँजीकरण १ ट्रिलियन डलर पुगेको छ । अमेरिकी सेयरबजारमा टेक कम्पनीहरुको दबदबा रहेको बेला फर्मा कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।
यससँगै १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने इली लिली पहिलो अमेरिकी फर्मा कम्पनी बनेको छ । वजन घटाउने औषधिको फस्टाउदा व्यापारका कारण यो वर्ष कम्पनीको मूल्य ३५ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
कम्पनीको टाइप टु डाईबिटिजका लागि उत्पादित टिर्जेप्याटिड र मोटोपनाका लागि जेपबाउण्ड जस्ता औषधिले विश्वकै सर्वाधिक बिक्री हुने मर्क कम्पनीको के ट्रुडालाई उछिनेको छ । कम्पनीले जेपबाउण्ड नामक औषधि सन् २०२३ मा लञ्च गरेको थियो । जसपश्चात कम्पनीको सेयरमूल्य ७५ प्रतिशतले बढेको छ ।
गत त्रैमासिक रिपोर्टका अनुसार कम्पनीले मोटोपना र डाइबेटिज औषधिको पोर्टफोलियोबाट १० अर्ब बढी आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी भने साढे १७ अर्ब बढी छ ।
अमेरिकी सेयरबजारमा १ ट्रिलियन डलर बजार पूँजीकरण भएका १० वटा कम्पनी रहेका छन् । जसमा ८ वटा टेक कम्पनी र टेस्ला र वर्कशायर हाथवे रहेका छन् ।

