काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ गते बिहान ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।
यसअघिका बैंकका अध्यक्ष भरत राज ढकालले आफ्नो व्यक्तिगत कारणवस बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजिनामा दिएका थिए । उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
उनी २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट चार वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई २०८० पुस २८ गतेको सञ्चालक समितिको ३१५ औं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट भएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                