मंगलवार, बैशाख ९,२०८२ 08:25:24
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 08:25:24
IME remit
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकद्वारा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
मुक्तिनाथ विकास बैंकद्वारा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फागुन महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदायमाझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कृषक,उद्यमी,महिला तथा युवालाई लक्षित गरी आयोजना गरिएको थियो ।  

यस कार्यक्रमअन्तर्गत व्यवसायिक योजनाको तयारी,बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति,व्यक्तिगत बजेट,पारिवारिक बजेट,आम्दानी खर्चको सन्तुलन,नगद प्रवाह, बचत परिचालन,कर्जा परिचालन,बीमा,विप्रेषण,डिजिटल बैंकिङ सेवाहरु,डिजिटल माध्यमबाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषयबस्तुहरु समेटिएको थियो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरुले यस्ता किसिमका कार्यक्रमले आफुमा भएका दुबिधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहजिकरण हुने आसय व्यक्त गरेका थिए । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदैं यस किसिमका कार्यक्रमहरु विगतमा पनि सञ्चालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्थाप्रतिको नकारात्मक धारणा हट्ने र वास्तविक सुचना जनसमुदायमाझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको कुरा बैंकको धारणा छ  ।  

Muktinath Bikas Bank Limited

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी,  मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्माआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.