शुक्रबार, बैशाख ५,२०८२ 05:07:14
IME remit
  • शुक्रबार, बैशाख ५,२०८२ 05:07:14
IME remit
Global IME Bank Limited

प्रभु बैंक गण्डकी प्रदेशद्वारा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

Hyundai Nepal
प्रभु बैंक गण्डकी प्रदेशद्वारा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
Nabil Bank Limited

काठमाण्डौ । प्रभु बैंक गण्डकी प्रदेशले आज चैत्र २ गते घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु रहेको बैंकले जनाएको छ ।

यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो ।

Shivam Cement
Bizshala
CG Motors

गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए । उनले भने, ‘डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे। कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस कार्यक्रमको स्वागत गर्दै भने, ‘हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।’

प्रभु बैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गर्दै, कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरे र यस किसिमको कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुने आशा व्यक्त गरे ।

प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको हो ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.