बुधबार, भाद्र २५,२०८२ 10:18:57
  • बुधबार, भाद्र २५,२०८२ 10:18:57
Global IME Bank Limited

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे

Hyundai Nepal
गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड रोचक बन्दै गएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो ।  

यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित नहुञ्जेल विदा मिलाएर दौडधूप गरिरहेका उनी कांग्रेसले नै पाउने पक्का भएपछि राजीनामा नै दिएर सक्रिय भएका हुन् ।  

कांग्रेसले नै गभर्नर पाउने पक्का भएसँगै गभर्नर छनौट समिति पनि आफू अनुकुल बनेको ढुंगानाको बुझाई देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर छनौट तथा सिफारिस समितिको सदस्यमा डा. विश्व पौडेल र पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई नियुक्त भएका थिए । समितिका दुवै सदस्य कांग्रेस निकट हुन् ।  

कांग्रेसको भागमा राष्ट्रबैंकको आगामी गभर्नर पर्ने निश्चित भएपछि ढुंगानाले हरेक शक्तिकेन्द्रहरुसँग पहुँच बनाइरहेका छन् । 

ढुंगानालाई कांग्रेसका दोश्रो तहका नेताहरुको विशेष सद्भाव छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू देउवा समेत ढुंगानालाई राष्टबैंकको नेतृत्व सुम्पिन तयार देखिएकी कांग्रेसका नेताहरु बताउँछन् । ढुंगानालाई गभर्नरका लागि माहौल बनाउने काममा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत लगायतका नेताहरु विशेष रुपमा लागिपरेका स्रोतहरु बताउँछन् ।  

ज्ञानेन्द्रका दाई गोविन्द ढुंगाना पनि कांग्रेसका पुराना नेता हुन् । शेरबहादुर देउवाले कांग्रेस फुटाएर नयाँ दल गठन गर्दा ढुंगानाले साथ दिएका थिए । यसले समेत गोविन्द ढुंगानाको देउवासँग विशेष सम्बन्ध रहेको देखाउँछ ।  

त्यसो त डा. चिरञ्जिवी नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति हुने बेलामा समेत ज्ञानेन्द्र ढुंगानाको नाम चर्चामा थियो । पार्टीभित्रैका नेताहरुले समेत ढुंगानालाई अगाडि सारेका थिए । गभर्नर नियुक्ति हुनेमा निश्चित भइसकेका ढुंगानालाई केही घण्टाअघि मात्र यो पटक सकिएन भन्ने खबर पठाइएको थियो ।  

दश वर्षअघिको असफलताबाट पाठ सिक्दै ढुंगाना यसपटक भने सुरुवातदेखि नै दौडधूपमा व्यस्त छन् ।  

ढुंगाना केन्द्रीय बैंककै क्याडर समेत हुन् । परिपक्व निर्णय क्षमतामा उनको विशेष रुपमा चर्चा हुने गर्छ । सबैसँग सन्तुलित सम्बन्ध बनाउन समेत उनी माहिर छन् । गभर्नरको दौडमै पनि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम आफ्नो पहाड रहेको सम्बन्ध जोड्दै सहानुभूति बटुल्ने काम गरिरहेका स्रोत बताउँछ ।  

अर्थतन्त्रलाई राम्रोसँग बुझेको, बैंकिङको केस्रा केस्रा केलाउनसक्ने तथा कुनै दलको क्याडरभन्दा सन्तुलित भूमिका निर्वाह गर्नसक्ने पात्रको रुपमा ढुंगानालाई हेरिएको छ ।  

कांग्रेसबाट ढुंगानाबाहेक शिवराज पाण्डे, डा. गुणाकर भट्ट गभर्नरका दाबेदार हुन् ।  

एमालेबाट भने प्रभू बैंकको सीईओ समेत रहेका अशोक शेरचन, डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र, डा. प्रकाशकुमार श्रेष्ठ लगायत गभर्नरको प्रतिस्पर्धामा छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.