बुधबार, बैशाख १०,२०८२ 07:16:48
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 07:16:48
IME remit
Global IME Bank Limited

गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?

Hyundai Nepal
गभर्नरका लागि अन्तिम ३ नाममा लगभग सहमति, ज्ञानेन्द्र ढुंगानाको नाममा किन उत्साहित छ सेयर बजार ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको आगामी गभर्नरका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले सम्भावित ३ जनाको नाम लगभग फाइनल गरेको छ ।  

उच्च स्रोतहरुका अनुसार रातारात कुनै ट्वीस्ट आएन भने सम्भावित गभर्नरको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, डा. प्रकाश श्रेष्ठ र निलम ढुंगानाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने मोटामोटी सहमति भएको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अन्तिम ३ जनाको रुपमा सिफारिस हुने निश्चित भएपछि नै ज्ञानेन्द्र ढुंगानाले गत आइतबार नै नविल बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।  

यस्तै, अन्तिम तीन नाममा पर्ने संकेत पाएपछि राष्ट्रबैंककै कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठले पनि दुई दिनअघि राजीनामा दिइसकेका छन् ।  

अन्तिम तीन नाममा आफूहरु पर्ने भएपछि ढुंगाना र श्रेष्ठले राजीनामा दिए पनि राष्ट्रबैंककै डेपुटी गभर्नर डा. निलम ढुंगानाले भने राजीनामा दिनु पर्दैन । गभर्नर सिफारिस गर्दा दुईमध्ये एकजना डेपुटी गभर्नरको नाम अनिवार्य गरिएकोले बमबहादुर मिश्र अन्तिम तीन नाममा नपर्ने स्रोतको दाबी छ । डेपुटी गभर्नरमध्येबाट निलमको नाम पर्ने निश्चित भइसकेको बताइएको छ ।  

त्यसो त गभर्नरको दौडमा रहेका अन्य पात्र समेत थाकेका छैनन् । गभर्नर एमालेले पाएको खण्डमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समेत बाजी मार्ने बताइन्छ । उनी ‘पर्ख र हेर’को नीतिमा रहेका छन् । 

Muktinath Bikas Bank Limited

राष्ट्रबैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट कांगे्रस सभापति शेरबहादुर देउवाको गृहजिल्लाको साइनो जोड्दै अन्तिम कसरत गरिरहेका छन् ।  

यीबाहेक अन्य प्रतिस्पर्धीहरु भने लगभग रिङआउट भइसकेका स्रोतको दाबी छ ।

पछिल्लोपटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक एमालेले पाएका कारण राष्ट्रबैंकको गभर्नर कांग्रेसले पाउने उच्चस्तरको सहमति भइसकेको बताइन्छ । यसैकारण समेत कांग्रेसबाट गभर्नरको प्रतिस्पर्धामा रहेकाहरुले बाजी मार्ने प्रवल सम्भावना देखिन्छ ।  

प्रतिस्पर्धीमध्ये केन्द्रीय बैंककै क्याडर समेत रहेका र बैंकिङ तथा अर्थतन्त्रलाई राम्रोसँग बुझेका ज्ञानेन्द्र ढुंगानाको उच्च सम्भावना रहेको स्रोत बताउँछ । पछिल्लो समय आरजू राणा देउवा, डा. प्रकाशशरण महत लगायतका कांग्रेसका प्रभावशाली नेताहरुले ज्ञानेन्द्र ढुंगानाको नाममा निरन्तर दवाब दिइरहेका छन् ।  

ढुंगाना बैंकिङ क्षेत्रका निकै चतुर खेलाडी समेत हुन् । सबैसँग सन्तुलित सम्बन्ध राख्नसक्ने क्षमता भएका उनी गभर्नरको रुपमा आउँदा लगानीकर्ताहरुले पनि राहात महसुस गर्नेछन् । ज्ञानेन्द्र ढुंगाना नै गभर्नरको रुपमा आउने सम्भावना प्रवल देखिएकै कारण पछिल्लो समय सेयर बजार पनि उत्साहित देखिन्छ । किनभने ज्ञानेन्द्र ढुंगानाले पहिलादेखि नै सेयर बजारको विषयमा राष्ट्रबैंकले लिएको नीतिमा आपत्ति जनाउँदै आएका थिए । उनले सेयरधितो कर्जामा क्याप लगाइनु, रिस्क वेटेजमा कस्नू गलत रहेको खुलेआम बताउँदै आएका थिए । गभर्नरको रुपमा ढुंगाना आएपछि सेयर बजारका लगानीकर्ताहरुले खोजिरहेको लचक नीति आउनेमा धेरै आशावादी देखिएका छन् ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.