बिहीबार, असार ११,२०८३ 05:51:50
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:51:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

म भागेको छैन, काठमाण्डौको एक मन्दिरमा बसेको छु: दुर्गा प्रसाईं

Laxmi Sunrise Bank Limited
म भागेको छैन, काठमाण्डौको एक मन्दिरमा बसेको छु: दुर्गा प्रसाईं

काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका राजावादी आन्लोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतैपनि नभागेको र काठमाण्डौमै रहेको बताएका छन् । प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै  आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि ज्यान जोगाउन गत शुक्रबार प्रहरी घेरा तोडेर भागेको बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

भिडियोमा प्रसाईंले आफू काठमाण्डौको एक मन्दिरमा बसिरहेको बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन, म सुरक्षित बसेको मात्रै हुँ, म भागेको छैन ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भिडियोमा प्रसाईंले आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको बताउदै प्रहरीप्रति दुष्मनी नभएको बताएका छन् । ‘तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु, म जसित प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही  छैन होला,’ उनले भनेका छन्, ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो । मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.