दुर्गा प्रसाईंलाई काठमाण्डौ ल्याइयो
काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाण्डौ ल्याइएको छ । नेपाल प्रहरीले प्रसाइंलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत आज काठमाण्डौ ल्याएको हो ।