काठमाण्डौ । नेपाल प्रहरीले गत चैत १५ गते राजावादीहरुको आन्दोलनका फरार कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको जनाएको छ ।
नेपाल प्रहरीले एक विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाईंको खोजी रहेको बताउदै उनी पक्राउ परेको भ्रामक खबर प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ ।
प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
‘दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध छ’ विज्ञप्ती उल्लेख छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।