दुर्गा प्रसाईं पक्राउ परेका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु : नेपाल प्रहरी
काठमाण्डौ । नेपाल प्रहरीले गत चैत १५ गते राजावादीहरुको आन्दोलनका फरार कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेको खबर झुठो भएको जनाएको छ । नेपाल प्रहरीले एक विज्ञप्ती जारी गर्दै दुर्गा प्रसाईंको खोजी रहेको बताउदै उनी पक्राउ परेको भ्रामक खबर प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ ।