अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार
काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानबाट अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्ने र सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरकी सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्।

