काठमाण्डौ। नेपाल प्रहरीले विपद्का कारण उत्पन्न वर्तमान विषम परिस्थितिमा सामाजिक सञ्जालमार्फत गलत तथा तथ्यहीन सूचना सम्प्रेषण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा भ्रामक सूचनाले सर्वसाधारणमा अनावश्यक भ्रम सिर्जना गर्नुका साथै वास्तविक खोज, उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ।
प्रहरीले विपद्का बेला पुष्टि भएका सूचना मात्रै शेयर गर्न र एआई ९ब्क्ष्० द्वारा निर्मित सामग्रीलाई वास्तविक घटनाको सामग्रीका रूपमा प्रस्तुत गरी सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ।
कुनै सामग्री शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गर्दै प्रहरीले उद्धारको आवश्यकता परेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।
प्रहरीले विपद्को समयमा जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन सबैमा हार्दिक आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।