शुक्रबार, जेष्ठ १,२०८३ 02:41:03
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने ३ जना पक्राउ

Laxmi Sunrise Bank Limited
फोहोर टिप्ने बहाना बनाई ९४.१० लाख रुपैयाँबराबरको गरगहना तथा नगद चोरी गर्ने  ३ जना पक्राउ
Shivam Cement

काठमाण्डौ । फोहोर टिप्ने बहाना बनाई ९४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले चोरीमा संलग्न भारतीय नागरिक विकास पोदार र अन्य दुईजना पक्राउ गरेको हो ।  

२६ वर्षिय पोदारले गत माघ २८ गते गोकणेश्वर नपा वडा नं .४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी घरको ढोका फुटाई भित्र प्रबेश गरी ६५ लाख रुपैयाँबराबरको सुनका विभिन्न गरगहना तथा नगद गरी चोरी गरेका थिए । उनलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरको हो । पक्राउ परेपछि प्रहरीले अनुसन्धान गर्दै जादा उनी अन्य चोरीको घटनामा समेत संलग्न पाइएको प्रहरीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

अनुसन्धानका क्रममा उनी समेत संलग्न भई अन्य दुई जनाले गत माघ २४ गते बुढानिलकण्ठस्थित दिनेश घिमिेरेको घरबाट २५ लाख बराबरेको सुन तथा नगद चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।  

त्यस्तै उनीहरुले माघ २८ गते पनि गोकर्णेश्वरस्थित गिता राईको घरबाट ४ लाख १० हजार रुपैयाँबराबरको धनमाल चोरी गरेको अनुसन्धानमा खुलेको छ ।  

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत बौद्ध पठाइएको  नेपाल प्रहरीले जनाएको छ । तीनै जनाले फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने गरेका थिए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.