मंगलवार, भाद्र ९,२०८३ 08:15:40
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 08:15:40
Bizshala
Global IME Bank Limited

जेन्जी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ

जेन्जी आन्दोलनका क्रममा फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
New Office

काठमाण्डौ । जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वन्यजन्तुसम्बन्धी कसुरमा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय तोकिएका चितवन राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आईतसिंह लामालाई पक्राउ गरिएको हो।

लामालाई २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएको भन्दै प्रहरीले खोजी गरिरहेको थियो। उनी एकसिंगे गैंडा मारेको मुद्दामा सजाय भोगिरहेका कैदी रहेको प्रहरीले जनाएको छ।

Bizshala
CG Motors

खोजतलासका क्रममा साउन १७ गते बिहान करिब ३ बजेर १५ मिनेटमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले लामालाई आफ्नै घरबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद गरेको जनाएको छ। पक्राउ परेका लामामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X