शुक्रबार, जेष्ठ १,२०८३ 02:43:05
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:43:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लुटिएको हातहतियार बुझाउन र बर्दीको दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह

Laxmi Sunrise Bank Limited
लुटिएको हातहतियार बुझाउन र बर्दीको दुरुपयोग नगर्न नेपाल प्रहरीको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल प्रहरीले जेनजी प्रदर्शनका क्रममा लुटिएको प्रहरीलगायत अन्य सुरक्षा निकायको हातहतियार लगायतका सामाग्री फिर्ता गर्न आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै यस्त भदौ २३ गतेदेखि २५ गते सम्म भएको प्रदर्शनको क्रममा लुटिएको सामानहरु फिर्ता गर्न आग्रह गरेको हो ।

Bizshala
New Office
CG Motors

प्रहरी उक्त समयमा प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे उक्त हातहतियारलगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउन अनुरोध गरेको छ ।

यस्तै आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई आग्रह गरेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.