बुधबार, असार ३१,२०८३ 12:18:37
Bizshala
  • बुधबार, असार ३१,२०८३ 12:18:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार

Laxmi Sunrise Bank Limited
अनलाइन सट्टेबाजीको आरोपमा चार जना पक्राउ, दुई करोडभन्दा बढीको कारोबार

काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानबाट अनलाइन जुवा (सट्टेबाजी) सञ्चालन गर्ने र सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा रूपन्देहीका प्रत्युशमान सिंह, बाराका गौतमकुमार गुप्ता, पाँचथरकी सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्।

New Office
CG Motors
Garima Development Bank

प्रहरीले काठमाण्डौका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी सञ्चालन भइरहेको र त्यसको प्रचारका लागि श्रव्यदृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा प्रसारण गर्ने गरिएको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। सोही क्रममा प्रहरी टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूले मोबाइल बैंकिङ तथा विभिन्न बेटिङ प्लेटफर्ममार्फत दुई करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल फोन र चार थान सिमकार्ड बरामद गरेको जनाएको छ। बरामद सामग्रीको आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुरअन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.