काठमाण्डौ । संघीय संसद भवनभित्रै नेपाल प्रहरीका एक जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान संसद् भवनको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।
मृत अवस्थामा भेटिएका प्रहरी जवानको पहिचान खुलिसकेको छ । उनी दोलखाका अजित गोले भएको प्रहरीले जनाएको छ । गोलेले आफैंले गोली हानी आत्महत्या गरेको बताइएको छ । घटनाको थप विवरण आउन भने बाँकी नै रहेको छ ।
मृतक गोलेको शवलाई अहिले सिभिल अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।