शुक्रबार, भाद्र ५,२०८३ 03:02:44
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 03:02:44
Bizshala
Global IME Bank Limited

नागढुंगामा ५३ लाखको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ

नागढुंगामा ५३ लाखको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ
New Office

काठमाण्डौ । प्रहरीले नागढुंगाबाट बिल–बीजकबिनाका करिब ५३ लाख रुपैयाँ मूल्य बराबरका मोबाइल, ल्यापटप, कपडा तथा जुत्ता बरामद गरेको छ। भारतको दिल्लीबाट डौं आउँदै गरेको यात्रुबाहक बसमा लुकाइछिपाइ ल्याइएको अवस्थामा प्रहरीले ती सामान बरामद गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार २०८३ भदौ ४ गते साँझ करिब ४ः४५ बजे चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले बा प्र ०३–००१ ख ३५३६ नम्बरको बस जाँच गर्ने क्रममा ठूलो परिमाणमा भन्सार छलीका सामान फेला पारेको थियो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बस चालक उदयपुरको सोरुङ छबिसे–७ तथा हाल कटारी नगरपालिका–११ बस्ने ३४ वर्षीय पविन्दर राना मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामानसहित उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ।

Bizshala
CG Motors

बरामद सामानमा विभिन्न ब्रान्डका मोबाइल फोन मात्रै २ सय ७२ थान रहेका छन्। तीमध्ये आईफोन २१, सामसुङ ४९, भीभो ७५, मोटोरोलो १९, रेडमी ३९, वनप्लस १३, ओप्पो ३४, पोको ७, इन्फिनिक्स ३, आईगू ३, पोभा २, टेक्नो ३ लगायतका मोबाइल छन्।

त्यसैगरी प्रहरीले ६ थान ल्यापटप, ५ थान ल्यापटप चार्जर र ५ सय १३ थान टेम्पर ग्लास पनि बरामद गरेको छ। कपडातर्फ १७ थान साडी, २१ थान जिन्स पाइन्ट, ३७ थान कुर्था–सुरुवाल तथा १५ जोर जुत्ता फेला परेको प्रहरीले जनाएको छ। एउटा प्रोटिनको बट्टासमेत बरामद भएको छ।

प्रहरीका अनुसार सबै सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ रहेको छ। भारतबाट स्थलमार्ग हुँदै काठमाडौं भित्र्याइएका यी सामानमा आवश्यक बिल–बीजक नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि बरामद सामानलाई भन्सार कार्यालय पठाइएको छ भने पक्राउ परेका चालकविरुद्ध थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.