काठमाण्डौ । झापाबाट काठमाण्डौ आएका दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर उनको निवाससम्म पुर्याएको छ । प्रहरीका अनुसार प्रसाईंले विमानस्थल परिसरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको सूचना प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
विमानस्थलको निषेधित क्षेत्रमा सार्वजनिक रूपमा बोल्न तथा भेला गर्न खोजिएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाअनुसार उनलाई नियन्त्रणमा लिएर निवासतर्फ पठाइएको जनाइएको छ ।

