काठमाण्डौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ।
निजी निवासबाटै पक्राउ परेका प्रसाईंलाई ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धान’ का लागि हिरासतमा लिइएको जनाइएको छ ।
यसअघि प्रसाईं ४ फागुनमा काठमाण्डौमा पक्राउ परेका थिए र १३ फागुनमा सर्वोच्च अदालतको आदेशमार्फत थुनामुक्त भएका थिए।

