काठमाण्डौ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति पाएको छ । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई पक्राउ पुर्जी गरेको हो ।
अदालतले प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी छ । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यहि उजुरीको आधारमा प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न साइबर ब्यूरोले अदालतबाट अनुमति माग गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।