काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाण्डौ ल्याइएको छ । नेपाल प्रहरीले प्रसाइंलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत आज काठमाण्डौ ल्याएको हो ।
प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरेको छ । उनलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा भारतको आसाम रान्यबाट नियन्त्रणमा लिएर झापाको भद्रपुर विमानस्थल हुँदै काठमाण्डौ ल्याइएको हो ।
प्रसाई मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक हुन् ।