काठमाण्डौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
प्रसाईंलाई प्रहरीले गत फागुन ४ गते पक्राउ गरेको थियो । उनलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोप पक्राउ गरिएको थियो ।
उमा प्रसाईंले दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित गत साता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
जसअन्तर्गत न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो । सर्वोच्चको आदेशमा प्रसाईंलाई जरूरी पक्राउ पुर्जीमार्फत पक्राउ गर्नुपर्ने अवस्था समेत नरहेको उल्लेख छ।

