काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई विद्युतीय कारोबार ऐन अन्तर्गत आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरेको छ । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
उनी साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा पक्राउ परेका हुन् । काठमाण्डौ जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न गत असोज २ गते पक्राउ पुर्जी गरेको थियो ।
अदालतले प्रसाईंसहित ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।