बुधबार, बैशाख १०,२०८२ 08:00:04
IME remit
  • बुधबार, बैशाख १०,२०८२ 08:00:04
IME remit
Global IME Bank Limited

जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा

Hyundai Nepal
जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषय प्रक्रिया सुरु भएलगत्तै विवादमा परेको छ ।  

सरकार र तालुकदार मन्त्रालयले ‘माथिको आदेश’ भन्दै नियुक्तिसम्बन्धी मापदण्डलाई रातारात परिवर्तन गरी बिचौलियाहरुले पठाएका प्रतिनिधिलाई गभर्नर नियुक्ति गर्ने प्रयास गरिरहँदा सर्वसाधारण र लगानीकर्ताहरुले भने कडा विरोध गरेका छन् ।  

पटक–पटक उस्तै गल्ती गरेर समेत सरकार नचेतेको भन्दै अर्थविदहरुले समेत चिन्ता व्यक्त गरिरहेका छन् । अर्थतन्त्र पहिला नै सकसमा रहेको बेला यसको मौद्रिक पक्षलाई सवल बनाउने र सरकारलाई आर्थिक तथा वित्तीय सल्लाहकार दिने क्षमतावान व्यक्तिलाई गभर्नर बनाउनुको साटो बिचौलियाहरुको करोडौं डिल स्वीकार गरी खेल बिगार्नतर्फ सरकारकै मान्छे लागेपछि सर्वसाधारणमा नैराश्यता देखिन्छ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उद्योग व्यवसायमा लगानी गर्नेदेखि लिएर सेयर बजारका लाखौं लगानीकर्ता पनि सरकार हिँड्न खोजेको बाटोको खुलेरै विरोध गरिरहेका छन् । चौतर्फी विरोध र दवाबकै कारण गभर्नर नियुक्त गरिहाल्ने भन्दै सोमबार नै कम्मर कसेको सरकार केही दिनका लागि पछाडि हटेको छ ।  

तर, सरकार हाँक्ने र गठबन्धनलाई भरथेग गर्नेहरुको द्रव्यमोह र पुरानै शैली र पाराबाट जनता दिक्क बनेका छन् । अर्थतन्त्रमा आमूल सुधारको खाँचो भइरहेको बेला रिटायर्ड लाइफ बिताइरहेका र अर्थतन्त्रको विषयमा ज्ञान नै नभएका पूर्व प्रशासकहरुलाई गभर्नर बनाउने बिचौलिया दवाबलाई सदर गर्ने बाटोतर्फ नेताहरु लागिरहँदा सर्वसाधारणहरुको म्याण्डेड र रोजाईं भने फरक छ ।  

बहुचर्चित राष्ट्रबैंकको नयाँ गभर्नरको विषयमा बजारमा उपलब्ध तथा यो दौडमा रहेका केही नामहरुको विषयमा हामीले हिजो साँझबाट एउटा सर्भे गरेका थियौं । गुगल फर्म क्रियट गरेर गरिएको सर्भेका क्रममा हजारौं सर्वसाधारण र लगानीकर्ताले उत्साहजनक सहभागिता जनाएका छन् ।  

सो सर्भेमा हालसम्म ११ हजार ८८ जनाले आफ्नो मत दिएका छन् । हामीले त्यहाँ एउटै मात्र प्रश्न सोधेका थियौं । अबको गभर्नर कसलाई बनाउँदा उपयुक्त होला ? ८ वटा विकल्प छान्न पाउने गरी गुगल फर्म तयार गरिएको थियो ।  

बहुसंख्यकको रोजाईंमा ज्ञानेन्द्र ढुंगाना

सर्भेमा सक्रियतापूर्वक सहभागी भएकामध्ये बहुसंख्यकले अबको गभर्नरको रुपमा ज्ञानेन्द्र ढुंगानाको पक्षमा मत जाहेर गरेका छन् । ‘ज्ञानेन्द्र ढुंगाना अबको गभर्नर बन्नुपर्छ’ भन्ने लाइनमा सर्भेका ६८.५ प्रतिशत सहभागी रहेका रोचक रिजल्ट प्राप्त भएको छ ।  

यसरी हेर्दा सर्वसाधारण र अर्थतन्त्रको विषयमा चासो तथा चिन्ता राख्नेहरु ‘गभर्नरको रुपमा ज्ञानेन्द्रप्रसाद ढुंगाना आए भने सही हुन्छ’ भन्ने धारणामा विश्वास राख्छन् ।  

सर्भेमा ढुंगानापछि नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको पक्षमा माहौल देखिएको छ । उनको पक्षमा १२.२ प्रतिशतले समर्थन जनाएका छन् ।  

राष्ट्रबैंककी डेपुटी गभर्नर डा. निलम ढुंगानाको पक्षमा ८.२ प्रतिशत मत परेको छ ।  

विकल्पमा राखिएका नामबाहेकका ‘अरु पात्र नै गभर्नरको रुपमा आउनुपर्छ’ भन्ने पक्षमा  ५.३ प्रतिशत जनता रहेका सर्भेले देखाएको छ ।  

हाल बिचौलियाले बोकिरहेका पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको पक्षमा १.५ प्रतिशत मत मात्र परेको छ ।

Muktinath Bikas Bank Limited

किन ज्ञानेन्द्र नै ?

मत सर्वेक्षणमा सहभागी हुन भनी हामीले विभिन्न सामाजिक सञ्जालहरुमा गुगल फर्मको लिंक सेयर गरेका थियौं । बिजशालाको आधिकारिक फेसबुक पेज तथा अन्य प्ल्याटफर्महरुमा सेयर गरिएका लिंकहरुमा सर्वसाधारणले सक्रियतापूर्वक कमेन्ट समेत गरेका छन् । जहाँ लगानीकर्ताहरुले ज्ञानेन्द्र ढुंगानाप्रति अभूतपूर्व विश्वास व्यक्त गरेका छन् ।  

सेयर बजारका लगानीकर्तादेखि सर्वसाधारणसम्मका लागि राम्रो नीति ल्याउने, संकटको भूमरिमा पर्न लागेको अर्थतन्त्रलाई रेस्क्यू गर्ने क्षमता ज्ञानेन्द्रमा मात्र रहेको उनीहरुको दाबी छ । ‘सेयर बजारप्रति उनको दृष्टिकोण अझ क्लियर लाग्छ । राष्ट्रबैंकमै एकदशक बढी उपल्लो पदमा काम गरेको व्यक्ति पनि हुन् ।’ एक व्यक्तिले कमेन्ट गर्दै लेखेका छन्–‘विभिन्न बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । अर्थतन्त्रलाई राम्रोसँग बुझेका र सबैलाई मिलाएर लैजानसक्ने क्षमता भएका ज्ञानेन्द्र नै अबको गभर्नर बन्दा उत्तम हुन्छ ।’

कमेन्ट गर्नेहरुले बिचौलियाको दवाबमा गलत पात्रलाई गभर्नर बनाएर अर्थतन्त्र ध्वस्त बनाउने खेलमा नलाग्न नेताहरुलाई सुझाव समेत दिएका छन् । मनोज केसी नामका व्यक्तिले कमेन्ट गर्दै लेखेका छन्–‘बिन्ती छ ओली र देउवाजीहरु, अब त सुध्रिनुस् । अरुमा त खेल्नु नै भयो, क्षणिक लाभ हेर्नुभयो । गभर्नरजस्तो पदमा पैसा नहेर्नुस् । जनताले खोजेको, राष्ट्रले चाहेको र समयले मागेको पात्रलाई बिना हिचकिचाहट ल्याउनुस् । बिन्ती, डूब्नै लागेको अर्थतन्त्रलाई थप समस्याग्रस्त नबनाइदिनुस् । अरु नियुक्तिमा त मनपरी गर्नु भयो नै, कम्तीमा गभर्नर नियुक्तिमा जनताको म्याण्डेड सुनिदिनुस् ।’

पोस्टहरुमा कमेन्ट गर्नेहरुले राजेन्द्रकिशोर क्षेत्री वा डा. रविन्द्र पाण्डेहरुको नाम लिएर डेटएक्सपायरहरुलाई ल्याएर राष्ट्रबैंकलाई पनि बिरामी नबनाउन सुझाव दिएका छन् । ‘बूढाहरुलाई बरु सल्लाहकार बनाइदिनुस्, तर काम गर्नका लागि ज्ञानेन्द्र ढुंगानाजस्तो उर्जाशीले मान्छे चाहियो ।’ सनत न्यौपाने नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन् ।  

 

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.