सोमबार, असार २,२०८२ 04:08:20
  • सोमबार, असार २,२०८२ 04:08:20
Global IME Bank Limited

सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति

Hyundai Nepal
सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले पौने ७१ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ घाटा ब्यहारेका छन् ।

गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले २२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म ७ वटा कम्पनी अझैपनि घाटामा रहेका छन् भने ८ वटा भने नाफामा रहेका छन् ।  

नाफा उक्लिएका कम्पनी भन्दा घाटा ब्यहोरेका कम्पनीको नोक्सानी रकम धेरै भएकाले फाइनान्स कम्पनीहरुको समग्र घाटा रकम ७० करोड भन्दा बढी देखिएको हो । घाटा ब्यहोर्ने सातवटा कम्पनीले सो अवधिसम्म कुल १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाफा कमाएका फाइनान्स कम्पनीहरुमा पनि तीनको नाफा गत आवको तुलनामा बढेको छ भने तीन कम्पनीको घटेको छ । गत आवको फागुन महिनासम्ममा नाफामा देखिएका वेष्ट फाइनान्स, गोखार्ज फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स चालु आवको यस अवधिसम्म आइपुग्दा घाटामा देखिएका छन् ।  

राष्ट्र बैंकका अनुसार आठ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले १४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ६८।२९ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । फाइनान्सले १३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यता प्रोगेसिभ फाइनान्सले भने ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ९६ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४० लाख, गुडवील फाइनान्सले २ करोड १५ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ३२ लाख र नेपाल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

साथै सात कम्पनी भने घाटामा देखिएका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । कम्पनीले ७५ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यसका साथै जानकीले १३ करोड ६९ लाख, रिलायन्सले ११ करोड ४ लाख, समृद्धिले ८ करोड २७ लाख, गोर्खाजले ४ करोड ९३ लाख, वेष्टले ३ करोड ७७ लाख र गुहेश्वरी मर्चेन्टले २३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.