बिहीबार, बैशाख ३१,२०८३ 10:42:05
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:42:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति

Laxmi Sunrise Bank Limited
सात फाइनान्स कम्पनी रु.१.१७ अर्ब घाटामा, आइसीएफसीको देखियो प्रगति
Shivam Cement

काठमाण्डौ । फाइनान्स कम्पनीहरुले पौने ७१ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ घाटा ब्यहारेका छन् ।

गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले २२ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म ७ वटा कम्पनी अझैपनि घाटामा रहेका छन् भने ८ वटा भने नाफामा रहेका छन् ।  

नाफा उक्लिएका कम्पनी भन्दा घाटा ब्यहोरेका कम्पनीको नोक्सानी रकम धेरै भएकाले फाइनान्स कम्पनीहरुको समग्र घाटा रकम ७० करोड भन्दा बढी देखिएको हो । घाटा ब्यहोर्ने सातवटा कम्पनीले सो अवधिसम्म कुल १ अर्ब १७ करोड ७९ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

Bizshala
New Office
CG Motors

नाफा कमाएका फाइनान्स कम्पनीहरुमा पनि तीनको नाफा गत आवको तुलनामा बढेको छ भने तीन कम्पनीको घटेको छ । गत आवको फागुन महिनासम्ममा नाफामा देखिएका वेष्ट फाइनान्स, गोखार्ज फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स चालु आवको यस अवधिसम्म आइपुग्दा घाटामा देखिएका छन् ।  

राष्ट्र बैंकका अनुसार आठ महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले १४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ६८।२९ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रो बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । फाइनान्सले १३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । यता प्रोगेसिभ फाइनान्सले भने ८ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सले २ करोड ९६ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४० लाख, गुडवील फाइनान्सले २ करोड १५ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ३२ लाख र नेपाल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

साथै सात कम्पनी भने घाटामा देखिएका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा पोखरा फाइनान्स रहेको छ । कम्पनीले ७५ करोड ८४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यसका साथै जानकीले १३ करोड ६९ लाख, रिलायन्सले ११ करोड ४ लाख, समृद्धिले ८ करोड २७ लाख, गोर्खाजले ४ करोड ९३ लाख, वेष्टले ३ करोड ७७ लाख र गुहेश्वरी मर्चेन्टले २३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.