काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् ।
सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी भित्रिएको छ । जुन एक सातामा भित्रिएको हालसम्मकै उच्च लगानी हो ।
यस्तै बीओएफएले एक साताको अवधिमा सक्रिय इक्विटी फण्डबाट २१.३ अर्ब डलर र बोण्डबाट १५.९ अर्ब डलर झिकिएको रजनाएको छ ।
ट्रम्पको ट्यारिफ नीतिका कारण अप्रिल १० मा अमेरिकाका तीनवटै सेयर बजार मापक इन्डेक्समा गिरावट आएको छ । एस एण्ड पी ५०० ४.३० प्रतिशत, नास्डक ४.३१ र डाउ जोन्स २.५० प्रतिशतले घटेका छन् ।