विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा एक सातामै बेचे ६.५ अर्ब डलरको सेयर
काठमाण्डौ । विदेशी लगानीकर्ताले करिब एक साताको अवधिमा अमेरिकी सेयर बजारबाट ६.५ अर्ब डलरबराबरको लगानी झिकेका छन् । बीओएफए ग्लोबल रिसर्चका अनुसार अमेरिकी ट्यारिफ नीतिले निम्तने आर्थिक मन्दीको त्रासका कारण विदशी लगानीकर्ताले ५ दिनको अवधिमा ६.५ अर्ब डलरको सेयर बिक्री गरेका हुन् । सेयर बजारको तुलनामा सुरक्षित लगानी मानिने युएस ट्रेजरीमा भने यो अवधिमा १८.८ अर्ब डलरको लगानी...