शुक्रबार, जेष्ठ १,२०८३ 02:42:21
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:42:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आजदेखि नाइमाको औपचारिक सुरुवात, साउनमा मोबिलिटी एक्स्पोको घोषणा

Laxmi Sunrise Bank Limited
आजदेखि नाइमाको औपचारिक सुरुवात, साउनमा मोबिलिटी एक्स्पोको घोषणा
Shivam Cement

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्राक्चर्स एशोसिएसन(नाइमा) आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । यो संगठन ‘इम्पावरिङ ग्रोथ टु मोबिलिटी’भन्ने मूल सन्देशका साथ आजदेखि सञ्चालनमा आएको हो ।  

आज काठमाण्डौमा एक कार्यक्रमका बीच नाइमाको औपचारिक सुरुवातको उद्घोष गरिएको छ । उक्त कार्यक्रममा अटो उद्योगका शीर्ष नेतृत्व,निती निर्माता र सरोकारवालाको उपस्थिती रहेको थियो ।  

नाइमाको पहिलो अध्यक्ष रितु सिंह वैद्यले कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी थिइन् । उनी नेपाली अटोमोटिभ क्षेत्रको यो स्थानमा पुग्ने पहिलो महिला हुन् । कार्यक्रममा बोल्दै उनले नाइमाको उद्देश्य, लक्ष्य र पाँचवटा आधारभूत स्तम्भका बारेमा उल्लेख गरेकी थिइन् ।  

Bizshala
New Office
CG Motors

वैद्यले भनिन्, ‘नाइमाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गतिशीलता क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एक एकीकृत मञ्चको रूपमा काम गनर्नेछ । नाइमाको लक्ष्य रणनीतिक वकालत, नवाचार समर्थन, र सहकार्यमा केन्द्रित छ। संघले सबैका लागि गतिशीलता सक्षम गर्न र अटोमोटिभ इकोसिस्टमलाई आकार दिन सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजसँग काम गर्दै परिवर्तनको उत्प्रेरक बन्ने लक्ष्य राखेको छ। ’

यस्तै उनले प्रगतिशील नीतिहरूको वकालत गरेर, दिगो आविष्कारहरू सक्षम पार्दै, शिक्षा र चेतनाको माध्यमबाट उपभोक्ताहरूलाई सशक्तिकरण गर्दै, सडक सुरक्षा र पूर्वाधार विकासलाई हासिल गर्ने बताइन् । उनले नाइमालाई सामाजिक विकास र अटो उद्योगको विश्वासिलो र एकिृत आवाजको रुवमा अघि बढाउने प्रतिवद्धता समेत जाहेर गरिन् ।  

उलने प्रस्तुत गरेको संघका ५आधारभूत  स्तम्भ यस्ता छन्  

–सबैका लागि गतिशीलता समाधान,

–सुरक्षा र पूर्वाधार संवर्धन,

–नीति र नियामक वकालत,

–मानव पूँजी र उद्योग उत्तम अभ्यासहरू,

–उपभोक्ता सशक्तिकरण र साझा मोबिलिटी

Garima Development Bank
Shivam Cement
IME remit

उनले स्वैच्छिक नेतृत्व र सर्वसम्मत सहभागिताको सिद्धान्तमा स्थापना भएको नाइमा नेपालको पहिलो गैर–राजनीतिक संगठन भएको दाबी गरिन् । वैद्यले नाइमा कहिल्यै निर्वाचन नगर्ने, बरु सहमतिमा आधारित निर्णयलाई प्रवर्द्धन गर्ने वाचाका साथ स्थापना गरिएको बताइन्। कार्यक्रममा वैद्यले नायमाका संस्थापक बोर्ड सदस्य सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीप कुमार शारदा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा, र उदयन काबराको परिचय गराइन् । कार्यक्रममा नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्स्पो’ को औपचारिक घोषणा पनि गरियो । उक्त एक्स्पो आगामी साउन २१ गतेदेखि २५ काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुनेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.