बिहीबार, माघ १५,२०८२ 12:23:32
Bizshala
  • बिहीबार, माघ १५,२०८२ 12:23:32
Bizshala
Global IME Bank Limited
Bizshala

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन

गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः पूर्वअर्थमन्त्री पुन
Shivam Cement

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।  

पार्टी सम्वद्ध रोल्पा काठमाण्डौ सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए । यसअघि विभिन्न नियामक निकायमा स्वार्थ समूह र बिचौलियाको स्वार्थमा नियुक्ति गरेको सरकारले उनीहरुकै चाहनामा गभर्नर नियुक्त गर्न चाहेको उनको भनाइ थियो । ‘नियामकीय भूमिकामा रहनुपर्ने राष्ट्र बैंकको  गभर्नरजस्तो पदमा नियुक्तिका लागि अरबौंको आर्थिक डिल भएको समाचार सार्वजनिक सञ्चार माध्यमहरुमा आइरहेका छन्’, पुनले भने, ‘हामी सरकारलाई चेतावनीका साथ भन्न चाहन्छौं स्वार्थ समूहका प्रतिनिधिलाई राष्ट्र बैंक जिम्मा लगाउने काम नहोस् ।’  

Bizshala
Garima Development Bank
New Office

पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैं पदमा रहिरहने नसोच्न चेतावनी दिए । ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौं ।’  

पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान काँग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए । उनले काँग्रेस–एमाले सरकार पूर्ण रुपमा असफल भएको पनि टिप्पणी गरे ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

दुई तिहाईको सरकार विकास निर्माण, सुशासन र जनअपेक्षामा पूर्णतः चुकेको भन्दै पुनले सोही कारण जनतामा चरम निराशा र आक्रोश बढेको उल्लेख गरे । काँग्रेस–एमालेको कूशासन र अक्षमताका कारण जनतामा बढेको निराशालाई राजावादीहरुले आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको चर्चा पुनले गरे । ‘हामीले १० वर्षसम्म लडेर गणतन्त्र र लोकतन्त्र ल्यायौं । हामीले रैतीबाट जनता बनाएका केही मानिसहरु हामी जनता हुन चाहन्नौं । रैती भएर बाँच्न चाहन्छौं भन्दै हिंडेका छन्’, पुनले भने, ‘सार्वभौम भइसकेका नेपाली जनता अब कसैका रैती हुन चाहँदैनन् ।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.