Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 03:08:26
Bizshala
Global IME Bank Limited

सिन्धु बिकास बैक ७.८४ करोड नाफामा, पूँजीकोष ११.४९ प्रतिशत

सिन्धु बिकास बैक ७.८४ करोड नाफामा, पूँजीकोष ११.४९ प्रतिशत
New Office

काठमाण्डौ । सिन्धु विकास बैकले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक अवधिको वित्तिय विवरण प्रकाशित गरेको छ । बैकको सबै सूचकमा प्रगति देखिएको छ । बैकले चालु आबको नौ महिनाको अवधिमा रु. ७ करोड ८४ लाख खुद नाफा कमाएको छ । अघिल्लो आबको सोही अवधिमा बैकको खुद नोक्सान रु. ५ करोड ४० लाख रहेको थियो ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो त्रैमासिक अवधिमा ८.२२ प्रतिशत रहेको पूँजीकोष अनुपात तेस्रो त्रैमासिक अवधिमा उल्लेख्य रुपमा सुधार भई ११.४९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैकले तोकेको न्यूनतम पूँजीकोष अनुपात १० प्रतिशत भन्दा कम भएकाले सिघ्र सुधारात्मक कारवाहीमा परेको बैकले पुंजीकोषमा सुधार भएपछि उक्त कारवाहीबाट हट्ने विश्वास लिएको बताएको छ । चैत्र मसान्तमा बैकको प्रति सेयर आम्दानी रु. १८.७६ रुपैया, निष्कृय कर्जाको अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत र नेटवर्थ प्रतिशेयर रु. ७९.८९ रहेको छ ।  

हालैमात्र बैकले विगत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको थियो भने नेपाल राष्ट्र बैकले प्रादेशिक स्तरको विकास बैकको लागि तोकेको न्यूनतम चुक्ता पुंजी रु. १२० करोड पुर्याउन हाल कायम रहेको चुक्तापूँंजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैक समक्ष पेश गरिसकेको जनाएको छ । सिन्धु बिकास बैक सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, दोलखा, मकवानपुर र चितवन गरि ५ जिल्लामा कार्यक्षेत्र रहेको क्षेत्रियस्तरको बिकास बैक हो । बैकले हाल २६ वटा शाखा कार्यालय मार्फत आफ्नो सेवा दिईरहेको छ । बैकको प्रमुख कार्यकारी अधिकृतमा गत पुस महिनादेखि वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा रहेका छन् ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.