सोमबार, श्रावण १८,२०८३ 04:53:04
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:53:04
Bizshala
Global IME Bank Limited

सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो

सगरमाथा आरोहणका लागि ४ सय बढीले लिए अनुमति, ७ हजार मिटरसम्म बाटो बन्यो
New Office

काठमाण्डौ । विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्नका लागि ४ सय बढीले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्यांकअनुसार आइतबारसम्म ५३ देशका ४०२ आरोहीले अनुमति लिएका हुन् ।  

यी मध्ये ४१ आरोही समूह छन् । जसमा ७४ महिला आरोही छन् । अघिल्लो वर्षको यही सिजनमा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित कूल ४१४ जनाले अनुमति लिएका थिए ।  

सगरमाथा आरोहणको मुख्य सिजन वैशाख र जेठ महिनालाई मानिन्छ । सगरमाथामा आरोहणका लागि आधार शिविरदेखि तेस्रो शिविर ७ हजार मिटरसम्म बाटो खुलिसकेको छ । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने दक्ष शेर्पा टोलीले धमाधम बाटो बनाइरहेका छन् । यसपटकको आरोहणको सुरुआत हुने बाटो बनाउने जिम्मा पाएको एटके कम्पनीले पाएको छ । तेस्रो शिविरसम्म बाटो बनेको र अब  १० दिनपछि सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको सुरुआत हुने कम्पनीले जनाएको छ ।  

सगरमाथा आरोहणलाई सुरक्षित, व्यवस्थित र नियमन गर्न पर्यटन विभागले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरेको छ ।

यसवर्ष विभिन्न हिमाल आरोहणबाट वापत रु ६८ करोड ४० लाख रोयल्टी सङ्कलन भएको छ । आरोही आउनेक्रम जारी रहेकाले यो रकम अझै बढ्ने अनुमान छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.