बुधबार, भाद्र २५,२०८२ 11:12:21
  • बुधबार, भाद्र २५,२०८२ 11:12:21
Global IME Bank Limited

तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप

Hyundai Nepal
तीन मन्त्रीको सपथसँगै नयाँ सत्ता गठबन्धनको यात्रा सुरु, अर्थमन्त्रीमा अझै हानाथाप

काठमाण्डौ । एकाएक आएको आँधीहुरीले अन्ततः कांग्रेस नेतृत्वको सत्ता गठबन्धन ढालिदिएको छ ।  

योसँगै प्रतिनिधिसभाको दोश्रो ठूलो दल नेकपा एमालेको पुनः सत्तारोहण सुरु भएको छ । एमाले, माओवादी, रास्वपा र जसपासहितको दलहरुले आजै नयाँ गठबन्धन बनाएका छन् र सहमतिमा तीन नयाँ मन्त्रीको सपथसँगै मन्त्रीपरिषद पनि आजै पुनर्गठन भएको छ ।  

प्रधानमन्त्री प्रचण्डले पहिलो चरणमा सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्याल(डीपी)लाई बिना विभागीय मन्त्रीको सपथ गराएका छन् । योसँगै नयाँ गठबन्धनले औपचारिकता पाएको छ भने पुरानो गठबन्धनको औपचारिक रुपमै समूल नष्ट भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्रालय भागबण्डाको विषयमा ठोस सहमति हुन नसकेका कारण सपथ गराइएका तीन मन्त्रीको मन्त्रालय नतोकिएको हो । यहीकारण प्रधानमन्त्री प्रचण्डले २२ वटै मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत लिएका छन् ।  

आज बिहानसम्ममा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव उपप्रधानसहितको मन्त्री बन्ने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा थप तीनजनाको मात्र सपथ भएको हो ।  

मुख्य गरी गृहमन्त्रालय र अर्थमन्त्रालय कुन दलले लिने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।  

एमालेले अर्थसहित उपप्रधानमन्त्रीको रुपमा विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालले अर्थमन्त्रालय आफ्नै दलले राख्ने हठ गरिरहेका छन् । उनी अर्थमन्त्रीको रुपमा आफ्ना विश्वासपात्र वर्षमान पुनलाई अगाडि बढाउन चाहन्छन् ।  

उता, अर्थ नपाएको अवस्थामा गृह आफूले पाउनुपर्ने एमालेको अडानमा रास्वपाको हठ अवरोध बनिदिएको छ । रास्वपाका सभापति रवि लामिछाने गृहसहित पुनः उपप्रधानमन्त्रीको रुपमा सरकारमा सहभागी हुन चाहन्छन् ।  

दुई महत्वपूर्ण मन्त्रालय कसले पाउने भन्ने विषय केही पेचिलो बने पनि भोलिसम्म सहमति भइसक्ने एमालेका एक सचिवालय सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीले अर्थमन्त्रालय एमालेलाई र गृहमन्त्रालय रास्वपालाई छाड्नुपर्ने अवस्था आउनसक्ने सम्भावना बढ्दो छ ।  

जसपाका उपेन्द्र यादवले भने परराष्ट्र मन्त्रालयमा दाबी पेश गरेका छन् । उनलाई अन्य कुनै मन्त्रालय दिएर फकाउन सकिन्छ कि भन्ने प्रयासमा ठूला दलका नेताहरु लागेका छन् ।  

हाल चार दलीय गठबन्धन मात्र बनेको र अन्य साना दलहरुलाई समेत समेटेर मन्त्रीपरिषद विस्तार गर्नुपर्ने भएकोले केही समय लाग्ने नेताहरुले बताएका छन् ।  

अहिलेको गठबन्धनका प्रमुख घटकहरु सकेसम्म राप्रपाबाहेकका सबै साना दललाई समेट्ने पक्षमा देखिएका छन् । यसले समेत मन्त्रीपरिषदले पूर्णता पाउन केही दिन समय लाग्ने देखिएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.