आईतवार, फाल्गुन २४,२०८२ 05:06:05
Bizshala
  • आईतवार, फाल्गुन २४,२०८२ 05:06:05
Bizshala
Global IME Bank Limited

आज क्याबिनेट बस्दै, सेना परिचालनको निर्णय हुने

Hyundai Nepal
आज क्याबिनेट बस्दै, सेना परिचालनको निर्णय हुने
Shivam Cement

काठमाण्डौ । आज शुक्रबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को विशेष बैठक बोलाइएको छ। सामान्यतः हरेक सोमबार र बिहीबार बस्ने नियमित बैठक यो साता भने फेरबदल भएको छ। बिहीबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक परेकाले मन्त्रिपरिषद् बैठक सारिएको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकको मुख्य एजेन्डा नै आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेनालाई परिचालन गर्ने निर्णय रहेको बुझिएको छ। बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६ (१) अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन सेना खटाउन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो। सोही सिफारिसलाई आज अनुमोदन गर्ने तयारी छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा संवेदनशीलतालाई अत्यधिक प्राथमिकतामा राखेको छ। केन्द्रीय सुरक्षा समितिबाट ‘एकीकृत निर्वाचन सुरक्षा योजना-०८२’ पहिल्यै स्वीकृत भइसकेको छ भने गृहमन्त्रालयले रक्षा मन्त्रालय हुँदै परिषद्समक्ष सेना परिचालनको औपचारिक पत्र पठाइसकेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भदौ २३-२४ मा भएको जेनजी आन्दोलनपछि देशको शान्ति-सुरक्षा स्थिति पूर्ण रूपमा सामान्य बन्न सकेको छैन। विपक्षी दलहरूले निर्वाचनको वातावरण नबनेको भन्दै सरकारमाथि निरन्तर खरो आलोचना गरिरहेका छन्। त्यसैले यसपटक विगतका निर्वाचनमा जस्तो मतदानको एक महिना अगाडिमात्र होइन, असामान्य सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै निकै चाँडै नेपाली सेनालाई मैदानमा उतार्ने सरकारको योजना छ।

यो निर्णय कार्यान्वयन भए फागुन २१ को निर्वाचनमा नेपाली सेना पहिलो पटक यति छिट्टै र व्यापक रूपमा परिचालित हुनेछ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.