मंगलवार, आश्विन १३,२०८३ 08:49:58
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:49:58
Bizshala
Global IME Bank Limited

उत्तरप्रदेशमा भारतले अर्को सेमीकन्डक्टर उद्योग स्थापना गर्ने, २ हजारले रोजगारी पाउने

Bizshala
उत्तरप्रदेशमा भारतले अर्को सेमीकन्डक्टर उद्योग स्थापना गर्ने, २ हजारले रोजगारी पाउने
New Office

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्ले अर्को एउटा सेमीकन्डक्टर युनिटलाई अनुमोदन गरेको छ। यसले भारतको सेमीकन्डक्टर लक्ष्यलाई थप गति दिने जनाइएको छ। यतिेबला भारतमा पाँचवटा सेमीकन्डक्टर युनिट निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

आज स्वीकृत भएको युनिट एचसीएल र  फक्सकनबीचको संयुक्त उद्यम हो। एचसीएलसँग हार्डवेयर उत्पादन र विकासको लामो अनुभव छ, जबकि फक्सकन एक ठूलो इलेक्ट्रोनिक्स उत्पादन कम्पनी हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यमुना एक्सप्रेसवे इन्डस्ट्रियल डेभलपमेन्ट अथोरिटीको जेवर एयरपोर्ट नजिकै यी दुईले ३ हजार ७०६ करोड भारु लागतमा प्लान्ट स्थापना गर्नेछन्।

केन्द्रीय मन्त्री अश्विनी वैष्णवले हालैको अपरेशन सिन्दूरमा पाकिस्तानमा आतंकवादी लुकाउने ठाउँहरू नष्ट गर्न प्रविधिको व्यापक प्रयोग गरिएको बताए। जस कारण यस प्लान्टमा मोबाइल फोन, ल्यापटप, अटोमोबाइल, पीसी र अन्य धेरै उपकरणहरूको लागि डिस्प्ले ड्राइभर चिपहरू बनाइनेछ। यी चिप्स स्क्रिन चलाउन आवश्यक पर्ने गर्छन्। यो प्लान्टमा हरेक महिना २० हजार वेफर बनाउने क्षमता हुनेछ । वेफर एक प्रकारको पातलो डिस्क हो जसमा चिप्स बनाइन्छ। यस प्लान्टबाट हरेक महिना ३ करोड ६० लाख युनिट (३.६ करोड) चिप्स बनाउने लक्ष्य राखिएको छ ।

यो प्लान्टले २ हजार जनालाई रोजगारी दिने बताइएको छ । भारतमा सेमीकन्डक्टर उद्योगले अहिले देशभर आकार लिइरहेको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.