Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 09:49:58
Bizshala
Global IME Bank Limited

घरजग्गा क्षेत्रमा बीमा कम्पनीको लगानी शून्य, प्राधिकरणको निर्देशिका बन्यो बाधक

Hyundai Nepal
घरजग्गा क्षेत्रमा बीमा कम्पनीको लगानी शून्य, प्राधिकरणको निर्देशिका बन्यो बाधक
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको घरजग्गा कारोबारमा कडाई गरेपछि बीमकहरुको यो क्षेत्रमा लगानी ‘शुन्य’ रहेको छ ।  

चालु आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले मुद्दती निक्षेप, अग्राधिकार सेयर, बण्ड डिबेञ्चर तथा ऋणपत्र, सरकारको बचतपत्र, नागरिक लगानी कोष र म्युचुअल फण्ड, सेयरबजार जस्ता क्षेत्रमा लगानी गरेपनि घरजग्गा क्षेत्रमा भने लगानी गरेका छैनन् ।  

यसअघि प्राधिकरणले बीमा कम्पनीको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रियालाई थप व्यवस्थित बनाउने भन्दै ‘बीमकको स्थिर सम्पत्ति निर्देशन, २०८१’ जारी गरेको थियो । जसमा बीमा कम्पनीहरुको घरजग्गा कारोबारलाई विशेष केन्द्रीत गरिएको छ ।

पछिल्लो समय बीमा कम्पनीहरु लगानी विविधिकरणतर्फ उन्मुख हुँदै जाँदा प्राधिकरणले भने बीमकको घरजग्गा कारोबारलाई बाधक बन्ने गरी निर्देशन जारी गरेको थियो ।

बीमकले घरजग्गाको कारोबार गर्नलाई व्यवसायको आकार, प्रकृति, जोखिम प्रोफाइल, संचालन जटिलता एवम् कारोबारको विशिष्टताका आधारमा तरलता व्यवस्थापन सुनिश्चित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।  

CG Motors
Bizshala
Garima Development Bank

साथै विगत दुईवर्षदेखि निरन्तर खुद मुनाफामा सञ्चालन भएको र सञ्चित नोक्सानीमा नरहेको हुनुपर्ने, प्राधिकरणले तोकेको सोल्भेन्सी रेसियो कायम भएको हुुनुपर्ने समेत निर्देशिकामा रहेको छ ।  

प्राधिकरणको लगानी निर्देशिका बमोजिम बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम घरजग्गा क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छ । तर बीमा कम्पनीहरु यो क्षेत्रमा लगानी गर्न हात बढाउन सकिरहेका छैनन् ।  

प्राधिकरणका अनुसार बीमकहरुले शहरी विकास व्यवस्थित बसोबासलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त निर्माणाधिन वा निर्माण हुने संयुक्त वा सामूहिक आवास योजनामा लगानी गर्नुपर्ने व्यवस्था छ ।  

साथै एउटै क्षतिले एक लगानी गरिएको बाहेक अर्कोलाई असर पार्ने वा एउटै इकाईको रुपमा मानिने गरी नजिकै रहेका घरजग्गामा लगानीको २।५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने पनि व्यवस्था छ ।  

तेस्रो त्रैमाससम्म घरजग्गा क्षेत्रमा बीमा कम्पनीहरुको लगानी शुन्य नै छ । केही बीमकहरुले यो क्षेत्रमा लगानी गर्न प्राधिकरणसमक्ष अनुमति मागेपनि हालसम्म कुनै पनि कम्पनीले यो क्षेत्रमा लगानी गर्न सकेका छैनन् । स्रोतका अनुसार नेपाल लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ र हिमालयन लाइफले घरजग्गा कारोबारमा लगानी गर्न अनुमति मागेपनि बीमा प्राधिकरणको निर्देशिका बीमकहरुको लगानीमा बाधक बन्न पुगेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

प्राधिकरणले बीमा कम्पनीलाई लगानी विविधिकरण गर्न निर्देशन दिदै आएपनि यो क्षेत्रमा बढी जोखिम हुने भएकाले लगानी व्यवस्थित बनाउने हेतुले बीमकको स्थिर सम्पत्ति निर्देशन जारी गरेको जनाएको छ ।  

तर प्राधिकरणको स्थिर सम्पत्ति सम्बन्धी निर्देशिकामा बढी घरजग्गा कारोबारलाई नै केन्द्रित गरिएको हुँदा बीमा कम्पनीहरुको यो क्षेत्रमा लगानी सहज तरिकाबाट बढ्न नसक्ने देखिएको छ । यसै त यो क्षेत्रमा बढी जोखिम हुने बताउँदै आएका बीमा कम्पनीका सीईओहरु बीमा प्राधिकरणको कडाईले झनै पछि हट्न सक्ने सम्भावना देखिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.