मंगलवार, श्रावण १९,२०८३ 09:49:03
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:49:03
Bizshala
Global IME Bank Limited

बजारमैत्री देखिए नयाँ गभर्नर, सबैखालको सेयरधितो कर्जाको जोखिम भार १००% कायम

बजारमैत्री देखिए नयाँ गभर्नर, सबैखालको सेयरधितो कर्जाको जोखिम भार १००% कायम
New Office

काठमाण्डौं । नेपाल राष्ट्रबैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेल सेयरबजारमैत्री देखिएका छन् ।  

उनी आफू गभर्नर नियुक्त भएपछिको पहिलो त्रैमासिक मौद्रिक समीक्षामा सेयर बजारप्रति नरम बन्ने नीति सार्वजनिक गरेका हुन् ।  

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्रबैंकले सबैखालका सेयरधितो कर्जाको जोखिमभारलाई घटाएर १०० प्रतिशत कायम गरिने घोषणा गरेको हो । 

यसअघि निश्चित रकमको सीमासम्मको सेयरधितो कर्जाको जोखिमभार १०० प्रतिशत रहे पनि ठूला कर्जाको यस्तो भार १२५ प्रतिशत रहेको थियो । 

गभर्नरको पहिलो यो कदमले सेयरधितो कर्जाको सीमा नाघेर थप कर्जा दिन नसक्ने अवस्थामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज हुने भएको छ भने लगानीकर्ताहरुले पनि जोखिमभार १०० प्रतिशत कायम हुँदा राहात पाएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.