गभर्नरलाई लफडामा फसाइरहने को हो ? राष्ट्रबैंकमा पुग्यो चकित पार्ने यस्तो सूचना
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विषयमा बेला–बेला प्रश्न उठ्ने गर्छ । राष्ट्रबैंकको ऐनमा तोकिएअनुसार उनको शैक्षिक योग्यता नभएको भन्दै पटक–पटक उनलाई पदबाट हटाउनुपर्ने दाबीसहित अदालतमा रिट दायर हुने गरेको छ । बेला–बेला यो विषयलाई कोट्याएर रिट दायर भए पनि आवेदकको मागदाबीलाई अदालतले खारेज गर्दै आएको छ ।