बुधबार, श्रावण १३,२०८३ 01:29:53
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 01:29:53
Bizshala
Global IME Bank Limited

विकास बैंकहरुको नाफा ५.४०% ले घट्यो, ५ वटा अझै घाटामा

विकास बैंकहरुको नाफा ५.४०% ले घट्यो, ५ वटा अझै घाटामा
New Office

काठमाण्डौ । विकास बैंकहरुले साढे ३ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा विकास बैंकले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत कम हो । गत आवको १० महिनासम्ममा विकास बैंकहरुले ३ अर्ब ७९ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा ५ वटा विकास बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा देखिएका छन् । घाटा ब्यहोर्ने बैंकहरुमा कर्णाली डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् ।  

उक्त ५ बैंकहरुले मात्रै सो अवधिसम्म १ अर्ब ७८ लाख रुपैयाँ घाटा ब्यहोरेका कारण विकास बैंकहरुको समग्र नाफामा संकुचन देखिएको हो ।  

१० महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८७ करोड ६८ लाख रुपैयाँ नाफा कमाई सबैभन्दा बढी नाफा कमाउने विकास बैंक बनन्न सफल भएको छ । तर बैंकको यो नाफा गत आवको तुलनामा भने ११।८७ प्रतिशत कम हो ।  

त्यस्तै, गरिमा विकास बैंकले ८६ करोड ९३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ५४ लाख, कामना सेवा विकास बैंकले ५७ करोड ७५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४९ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले ४६ करोड ३२ लाख, ज्योति विकास बैंकले ३६ करोड १४ लाख, लुम्बिनी विकास बैंकले ११ करोड ९२ लाख, मितेरी डेभलपमेन्ट बैंकले १० करोड १३ लाख, सिन्धु विकासले ७ करोड ३४ लाख, ग्रीन डेभलपमेन्ट बैंकलेल २ करोड ३२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म सबैभन्दा बढी घाटा ब्यहोर्ने बैंकमा भने कर्णाली डेभलपमेन्ट बैंक रहेको छ । बैंकले सो अवधिसम्म ८४ करोड ६१ लाख रुपैयाँ घाटा ब्यहोरेरको छ ।  

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकले ११ करोड ३४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ३ करोड ४२ लाख, नारायणी डेभलपमेन्ट बैंकले १ करोड ६ लाख र सालपा विकास बैंकले ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

सो अवधिसम्म गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा भने सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ । बैंकले ७८.७३ प्रतिशतले नाफा ग्रोेथ गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.