सोमबार, श्रावण १८,२०८३ 04:34:31
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:31
Bizshala
Global IME Bank Limited

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु

इजरायली आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुखको मृत्यु
New Office

काठमाण्डौ । इरानले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को गुप्तचर इकाईका प्रमुख मोहम्मद काजेमीको आइतबार मृत्यु भएको जनाएको छ।  

आईआरजीसीसँग सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले इजरायली हमलामा काजेमी बाहेक उनका सहायक हसन मोहक र कमाण्डर मोहसेन बाकेरी पनि मारिएको बताएको छ।  

यसअघि फक्स न्युजसँगको अन्तर्वार्तामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुखको मृत्यु भएको बताएका थिए ।  

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारदेखि इजरायली आक्रमणमा २२४ जनाको ज्यान गएको छ । इरानले फेरि इजरायलमा मिसाइल प्रहार गरेको छ । त्यसपछि हाइफा, तेल अवीव र जेरुसेलममा विस्फोटको आवाज सुनिएको थियो । इजरायलको आपतकालीन सेवाले यी आक्रमणमा १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

इरानले इजरायलमाथि फेरि मिसाइल आक्रमण गरेको छ । त्यसपछि हाइफा, तेल अवीव र जेरुसेलममा विस्फोटको आवाज सुनिएको थियो। आक्रमणमा १० जनाभन्दा बढी घाइते भएको इजरायलले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.