काठमाण्डौ । इजरायलले इरानको राजधानी तेहरानको वायुक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण रहेको र एक तिहाइ क्षेप्यास्त्र प्रक्षेपक नष्ट गरेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले गत हप्ता गरिएका आक्रमणहरूमा उसले १२० भन्दा बढी इरानी मिसाइल लन्चरहरू नष्ट गरेको दाबी गरेका छन् । जुन इरानको कब्जामा रहेका मिसाइल प्रक्षेपणहरूको कुल संख्याको एक तिहाइ हो।
उनले वायु सेनाले इजरायलमा मिसाइल प्रहार गर्नुभन्दा केही मिनेट अघि हिजो राति २० भन्दा बढी इरानी विमानहरू नष्ट गरेको समेत बताए ।
उनले इजरायलले इरानको मुख्य सहर इस्फाहानमा १०० भन्दा बढी सैन्य लक्ष्यलाई निशाना बनाएको दाबी गरे। इजरायली सेनाले तेहरानको आकाशमा इजरायलको पूर्ण नियन्त्रण रहेको दाबी पनि गरेको छ ।