बुधबार, श्रावण २०,२०८३ 02:06:58
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:06:58
Bizshala
Global IME Bank Limited

तुरुन्तै तेहरान छाड्न इरानी नागरिकलाई ट्रम्पको सन्देश

तुरुन्तै तेहरान छाड्न इरानी नागरिकलाई ट्रम्पको सन्देश
New Office

काठमाण्डौ । इजरायल र इरानबीचको चर्को युद्धकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानका जनतालाई सन्देश दिएका छन् । ट्रम्पले सबै नागरिकलाई तेहरानबाट तत्काल बाहिर निस्कन आग्रह गरेका छन् ।

योसँगै ट्रम्पले इरानले अमेरिकासँग आणविक सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताए । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखिएको सन्देशमा ट्रम्पले ‘इरानसँग आणविक हतियार हुन नहुने बताए ।  

यसैबीच, एक अमेरिकी अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल(इरान द्वन्द्व कम गर्न जी७ नेताहरूको वक्तव्यमा हस्ताक्षर नगर्ने बताएका छन्। क्यानाडा र युरोपेली कूटनीतिज्ञहरूले समूहका देशहरूले क्यानडामा जी ७ शिखर सम्मेलनमा द्वन्द्वबारे छलफल गर्न जारी राखेको बताएका छन्। जी७ शिखर सम्मेलन जुन १७ मा समाप्त हुनेछ ।  

यसैबीच, तेहरान खाली गर्न ट्रम्पको सन्देशसँगै, इरानको राजधानीमा ठूलो विस्फोटको आवाज सुनिएको छ। मगलबार  बिहान तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरान इन्टरनेशनलले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तेहरानको पूर्व र दक्षिणपूर्वमा विस्फोट भएको बताएको छ।  

यससँगै दक्षिण–पश्चिममा रहेको खुजेस्तान प्रान्तको अहवाजमा पनि धेरै विस्फोट भएको खबर आएको छ । इरानी समाचार वेबसाइट असरईरानका अनुसार, नातान्ज शहरमा इरानी आणविक केन्द्रमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ। यस्तोमा इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो स्वदेश फर्कन वा भूमि सीमा पार गरेर इजरायल छाड्न भनेको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.