काठमाण्डौ । इजरायली सेनाले उसको एक हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारी मारिएको दाबी गरेको छ । जसलाई इजरायलले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको नजिकको रूपमा वर्णन गरेको छ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी गरेको छ। ‘पाँच दिनमा दोस्रो पटक आईड्रीएफले इरानका चीफ अफ स्टाफ, शीर्ष सैन्य कमाण्डरको हत्या गरेको छ,’ आईडीएफले एक्समा पोस्ट गरेको छ।
आईडीएफले ले थप लेखेको छ, ‘इरानका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानी, सही गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायुसेनाको आक्रमणमा मारिए।’
जुन १३ मा इजरायलले इरानको ‘परमाणु कार्यक्रम’सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच पाँच दिनदेखि द्वन्द्व चलिरहेको छ ।