आईतवार, बैशाख ६,२०८३ 11:42:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:42:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दिगो भविष्यका लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल

Bizshala
दिगो भविष्यका लागि इएसजी अपरिहार्य : महासंघ अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराराष्टिय वित्त निगम (आइएफसी) को संगुक्त आयोजनामा शुक्रबार काठमाण्डौमा आयोजना गरिएको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हसन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई नभई व्यवसायको दिगो भविष्यतर्फको अनिवार्य बाटो भएको बताए । उनले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि यो नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत बताए ।  

‘वर्तमान समयमा इएसजी मापदण्डप्रतिको सचेततना महत्वपूर्ण बन्दै गएको छ । इएसजी जोखिम व्यवस्थापनका लगि अपरिहार्य छ । नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्‍याउनेछ,’ उनले भने।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासनको क्षेत्रमा काम गरिरहेको भए पनि अब यो ढाँचामार्फत् ती सबै पहलहरूलाई एकीकृत गर्ने दिशामा अगाडि बढ्ने योजना बनाएको अध्यक्ष ढकालले जानकारी दिए ।  

नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै अध्यक्ष ढकालले ३० भन्दा बढी कानूनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी पवद्र्धन हुने अपेक्षा गरिएको बताए । ।

कार्यशालामा सहभागीलाई सर्भेक्षण मार्फत इएसजी सम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो । महासंघले यस लगत्तै कोशी प्रदेशमा पनि इएसजी कार्यशाला आयोजना भएको छ ।  

सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासन सम्बन्धी विषयहरूलाई समग्र रूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.