मंगलवार, असार ९,२०८३ 03:28:29
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:28:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानमा शासन परिवर्तनको संकेत गर्दै ट्रम्पले भने, ‘मेक इरान ग्रेट अगेन’

Laxmi Sunrise Bank Limited
इरानमा शासन परिवर्तनको संकेत गर्दै ट्रम्पले भने, ‘मेक इरान ग्रेट अगेन’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानको शासन परिवर्तनबारे टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोशलमा लेखेका छन्, ‘शासन परिवर्तन भन्नु राजनीतिक रूपमा सही मानिँदैन, तर यदि वर्तमान इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्षम छैन भने, त्यहाँ शासन परिवर्तन किन हुँदैन ? मेक इरान ग्रेट अगेन।’

तर, आइतबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानको आणविक केन्द्रमा भएको आक्रमण शासन परिवर्तनका लागि नभएको बताएका थिए ।

New Office
CG Motors
Garima Development Bank

उनले भनेका थिए, ‘यो मिशन सत्ता परिवर्तन गर्ने होइन, अहिले त्यस्तो कुनै उद्देश्य छैन । यसबाहेक अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार एबीसी न्यूजसँग भने, ‘सबैभन्दा पहिले हामी शासन परिवर्तन चाहँदैनौं। हामी इरानको आणविक कार्यक्रम अन्त्य गर्न चाहन्छौं।’

आइतबार अमेरिकाले इरानका तीन आणविक अखडा फोर्ड, नातान्ज र इस्फाहानमा आक्रमण गरेको थियो । यसपछि इरानी अधिकारीहरूले यी आणविक साइटहरूलाई निशाना बनाएको पुष्टि गरेका छन्। तर, यसले ठूलो क्षति पुर्याएको दाबीलाई उनले अस्वीकार गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.