काठमाण्डौ । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको र त्यसमा १५ विमान ध्वस्त भएको र धावनमार्गमा क्षति पुगेको बताएको छ ।
इजरायली रक्षा बलले सामाजिक सञ्जालमा यो हमलाको जानकारी दिएको हो। यी आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानमा अवस्थित एयरपोर्टहरूमा गरिएको आईडीएफले जनाएको छ।
इजरायली सेनाले धावनमार्ग र भूमिगत बङ्करमा पनि क्षति पुगेको बताएको छ । यसका अलावा आईडीएफका अनुसार यी हवाई हमलामा एफ–१५ र एफ–५ लडाकु विमान, इन्धन भर्ने विमान र एएच–१ कोब्रा आक्रमणकारी हेलिकप्टर ध्वस्त भएका छन् ।
इरानले अहिलेसम्म यी आक्रमणको पुष्टि गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।