मंगलवार, असार ९,२०८३ 03:31:12
Bizshala
  • मंगलवार, असार ९,२०८३ 03:31:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इजरायलले सैन्य कारबाही बन्द गरे प्रतिकारात्मक कारबाही गर्ने मनसाय छैन : इरान

Laxmi Sunrise Bank Limited
इजरायलले सैन्य कारबाही बन्द गरे प्रतिकारात्मक कारबाही गर्ने मनसाय छैन : इरान

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेसँगै इरानले प्रतिक्रिया जनाएको छ । इरानका विदेशमन्त्री सईद अब्बास अराघचीले इजरायलले सैन्य कारबाही बन्द गरेमा इरानले पनि कुनै पनि प्रकारको प्रतिकारात्मक कारबाही गर्ने मनसाय नभएको बताएका छन्।

सईद अब्बास अराघचीले एक्समा पोस्ट गर्दै यदि इजरायलले अब आफ्नो गैरकानूनी आक्रमण रोक्छ भने, इरानको पनि प्रतिक्रिया जारी राख्ने कुनै मनसाय नभएको बताएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

उनले भने, ‘अहिलेसम्म युद्धविराम वा सैन्य कारबाही बन्द गर्ने विषयमा कुनै सहमति भएको छैन। तर, इरानको समय अनुसार बिहान ४ बजे इजरायली सरकारले आक्रमण रोक्यो भने हाम्रो तर्फबाट कुनै प्रतिकारात्मक कारबाही हुने छैन। हाम्रो सैन्य अपरेशन समाप्त गर्ने अन्तिम निर्णय पछि लिइनेछ ।’  

सीबीएस रिपोर्टका अनुसार ट्रम्पले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सीधा कुरा गरे र इजरायलले इरानले आक्रमण नगरेसम्म युद्धविराम कायम राख्ने सहमति जनाए।

सीबीएसका अनुसार वरिष्ठ इरानी अधिकारीहरूले पनि इरान युद्धविराममा सहमत भएको पुष्टि गरेका छन्। एक वरिष्ठ प्रशासनिक अधिकारीले अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेश सचिव मार्को रुबियो र विशेष दूत स्टीव विटकफले प्रत्यक्ष र अप्रत्यक्ष दुबै माध्यमबाट इरानी अधिकारीहरूसँग कुराकानी गरे, त्यसपछि युद्धविराम सम्भव भएको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.